अछामको साँफेबगरमा आगलागी हुँदा, सातवटा पसल जलेर नष्ट



अछाम, कार्तिक १६ । अछामको साँफेबगरमा शनिबार राति आगलागी भएको छ ।

आगलागीबाट साँफे हाटबजार रहेका ७ टहरा जलेर नष्ट भएका छन् । डेढ घण्टासम्म भएको आगलागीबाट सात पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार नजिकै रहेको खोलाबाट कुलो बनाई पानी ल्याएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ,।

साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भएर १० वटा पसल जलेका थिए । यसपटक पनि त्यहीँ नजिकैका पसलमा आगलागी भएको हो ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्