रामकुमारी झाक्रीसहितका नेताहरू आज एमाले प्रवेश गर्दै



काठमाडौं, कात्तिक २४ । माओबादीसँगको एकतामा सामेलन नभएका नेकपा समाजबादीका रामकुमारी झाक्रीसहितका नेताहरू आज (सोमबार) एमालेमा प्रवेश गर्दैछन् ।

एमालेले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत आज साढे २ बजे राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा झाक्रीसहित नेताहरू एमालेमा फर्कन लागेका हुन् ।

एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, अर्जुन राई, गम्भीरलाल श्रेष्ठसहितका नेता एमाले फर्कन लागेका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्