मधेशमा तीन सदस्यीय मन्त्रिमण्डल विस्तार, होटेलमै सपथ



काठमाडौं, कार्तिक २४ । मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले पदभार ग्रहण गरेलगत्तै तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरिएको छ ।

मुख्यमन्त्री यादवले सरकारमा सहभागी हुने तीनजना मन्त्रीलाई समावेश गरेका छन् । उनले मालेबाट लखन दास, संघीय समाजवादी पार्टीबाट बिमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कन्चन बिच्छालाई मन्त्रीको सपथ गराए ।

मुख्यमन्त्री यादवले प्रदेशको विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बएका छन् ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्