रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौँ, मंसिर ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ ।

सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । ।

त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्