बसपार्कमा पार्किङ गरिराखेको दुइटा बसमा आगलागी
वीरगन्ज, मंसिर ३ । वीरगन्ज बसपार्कमा पार्किङ गरी राखेको दुईवटा बसमा आगलागी भएको छ ।
ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरको जमजम लेखिएको दुईवटै बसमा आगलागी भएको छ । दुईवटै बस पूर्ण रूपमा जलेको छ ।
सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो ।
४÷५ महिनादेखि रोकिराखेको दुई वटा बसमा मंगलबार राति आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार












