कावा सभापति खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने तयारीमा विशेष महाधिवेशन पक्षधर



काठमाडौं। नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्।

संस्थापन पक्षका नेताहरूले भोलिको बैठकबाट कार्यसमितिको म्याद थप गर्ने बताउन थालेपछि दबाब दिनको लागि आज ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन्।

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका नेताहरूले आज पनि ध्यानाकर्षण पत्र बुझाउन लागेको नेता मधु आचार्यले बताए। यद्यपि, अहिलेसम्म खड्काले समय नदिएको उनले बताए।

काँग्रेसमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेबारे विवाद छ।

तर उनले भोलि बस्न केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन महाधिवेशनको कार्यतालिका नल्याए विशेष महाधिवेशन मिति तोक्नुको विकल्प नभएको दाबी गरेका छन्।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्