राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्छ : प्रधानमन्त्री कार्की



काठमाडौँ, ३ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको राजनीतिक अस्थिरतालाई निर्वाचनबाट स्थायी निकास दिनुपर्ने बताउनुभएको छ । बुधबार राजनीतिक दलसँगको छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘हामीले राजनीतिक अस्थिरतालाई निर्वाचनको स्थायी निकास दिनैपर्छ। इतिहासको यस संवेदनशील घडीमा मुलुक र लोकतन्त्रप्रति हामी कति इमानदार रह्यौँ भनेर भावी पुस्ताले पनि हाम्रो जाँच गर्नेछ।’

सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे जानकारी दिने उदेश्यले सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएको हो ।  सिंहदरबारमा बसेको  सर्वदलीय बैठकलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुभएको हो । 

सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे  जानकारी दिने उद्देश्यले बोलाइएको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

 बैठकमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी  र नेकपा (एमाले) लगायत निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका विभिन्न  नेताहरु सहभागी हुनुभएको छ । 

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्