कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, अझै जुटेन सहमति



काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्न लागेको हो ।

गत असोज २८ गतेबाट सुरु भएको यो बैठक महाधिवेशनको मिति निर्धारणमा देखिएको विवादका कारण पेचिलो बन्दै गएको छ ।

एक हप्तासम्म अनौपचारिक प्रयास गर्दा पनि नेतृत्वले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति जुटाउन सकेको छैन ।

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुँदैछन् ।

गत २८ असोजबाट सुरु भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ गते र मंसिर १ गते बस्ने भनिएका बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि निर्धारण गरिएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्