मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु



सङ्खुवासभा, मंसिर ४ । संखुवासभाको मकालु आधार शिविर घुम्न गएका एक जनाको लेक लागेर मृत्यु भएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

मकालु आधार शिविरको करिब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलवार मृत्यु भएको हो । मेलुङ–७ का कार्कीलाई मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो ।

घटनाको जानकारी मङ्लबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण बुधबार दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

मृतकको शव हेलिकप्टरमार्फत उद्धार गरी शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दूरीमा पर्दछ ।

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्