गृहमन्त्रीको राजीनामा माग्दै सिरहा बजार बन्द



सिरहा, मंसिर ५ । गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा बजार बन्द आह्वान गरेका छन् ।

आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको उनीहरुको भनाई छ ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्