मन्त्रिपरिषद् बैठक बस्दै, सेना परिचालनबारे छलफल हुने
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो।
आजको बैठकलेमा सेना परिचालनसम्बन्धी निर्णय हुने सम्भावना रहेको छ । यसअघि बिहीबार बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक प्रावधान छ।
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार












