प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा हुँदै
काठमाडौं, मंसिर ७ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए ।
कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए । पार्टी घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गर्ने बताइएको छ ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार












