दुर्गा प्रसाईं नेतृत्वको अभियानले लियो बन्द हड्ताल फिर्ता



काठमाडौं, मंसिर ७ । दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज (आइतबार)का लागि घोषणा गरेको बन्द फिर्ता लिएको छ ।

शनिबार रातिसम्म सरकार र अभियानका प्रतिनिधिबीच बालुवाटारमा वार्तापछि अभियानले आइतबार गर्ने भनेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल फिर्ता लिएको हो ।

छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं थिए ।

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्द नारायण तिमिल्सिना लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्