जापानी प्रधानमन्त्रीको भनाइप्रति रुसको निन्दा
मस्को । रूसी विदेश मन्त्रालयका प्रवक्ता जाखारोभाले जापानी प्रधानमन्त्री साने ताकाइचीको ताइवानसँग सम्बन्धित टिप्पणीको आलोचना गरेकी छन् । दोस्रो विश्वयुद्धको ८० वर्षपछि जापानले अझै पनि आफ्नो गल्ती स्वीकार नगरेको भन्दै जापानको आलोचना गरेकी हुन् ।
असी वर्ष बितिसके पनि जापानले अझै पनि अन्तर्राष्ट्रिय कानूनमा निहित दोस्रो विश्वयुद्धको परिणामलाई मान्यता दिन अस्वीकार गरिरहेको बताइन् । जाखारोभाले ताइवान प्रश्नमा रूसको अडानमा राम्ररी परिचित रहेको र परिवर्तन नभएको पाएको बताइन् ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार
















