हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, मंसिर ८ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।
साथै आज राति कोशी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार












