गुडिरहेको बसबाट खस्दा एकको मृत्यु



काठमाडौँ, मंसिर ८ । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्