खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ दर्ता



काठमाडौँ, मंसिर ८ । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएकोमा आइतबार हाम्रो पार्टी नेपाल दल दर्ता भएको हो । पार्टीको चुनाव चिन्ह गोलो घेराभित्र राम्रो जनाउने लाइक चिन्ह छ ।

सुनारले सोमबार आयोगमा बाजागाजासहित दल दर्ताको प्रमाणपत्र लिन आउने तयारी गरेका छन् ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्