जसपा नेपालले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम



काठमाडौं, मंसिर ८ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

जसपा नेपालले एक महिना भन्दा लामो समयका संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा यही मंसिर १० गते सबै जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।

मंसिर ११ गतेदेखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन सञ्चालन, मंसिर १९ र २१ गते जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालयअगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ ।

यस्तै मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिने र प्रदेश स्तरीय जनप्रदर्शन तथा विरोध सभासमेत गरिने उल्लेख छ ।

पुस १२ गते कोशीको विराटनगरमा, पुस १४ गते मधेसको जनकपुरमा, पुस १५ गते मधेसकै वीरगञ्जमा, पुस १७ गते लुम्बिनीको नेपालगञ्ज÷भैरहवामा पनि जनप्रदर्शन हुने जसपा नेपालले जनाएको छ ।

यसका साथै आवश्यकताअनुसार अन्य विरोध कार्यक्ररू सम्बन्धित जिल्ला समिति वा प्रदेश समितिले निर्णय गरी सञ्चालन गर्न सक्ने जसपा नेपालले जनाएको छ ।

जसपाले संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय÷जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ को आधारमा (१०+१) हुने गरी राज्यको पुनः पुनर्संरचना गरिनुपर्ने लगायतका माग गर्दै आएको छ

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्