निर्वाचनका लागि निर्वाचन ६४ दल दर्ता
काठमाडौँ, मंसिर ९ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६४ दल दर्ता भएका छन् ।
आयोगले सोमबार राति हालसम्म ६४ दल दर्ता भएको विवरण सार्वजनिक गरेको हो ।
सोमबार मात्रै आठवटा दल दर्ता भएका छन् । दर्ताको निवेदन दिने समय अब एक दिन (मंसिर १० गतेसम्म) मात्रै बाँकी छ ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार












