मधेस प्रदेशमा आज सार्वजनिक बिदा



जनकपुरधाम, मंसिर ९ । मधेस प्रदेश सरकारले आज विवाह पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको हो ।

‘मधेस प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने बिदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल मङ्सिर ९ गते मङ्गलबारका दिन विवाह पञ्चमीको सार्वजनिक बिदा भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ जारी सूचनामा भनिएको छ ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ ।

जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्