भारतीय ग्यास बुलेटको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते
चितवन, मंसिर ९ । भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
भरतपुरको मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको भारतीय ग्याँस बुलेटले मंगलबार विहान ७ बजतिर बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल–३ बस्ने ५२ वर्षीय राजकुमार श्रेष्ठ र पछाडि सवार उनकी छोरी १८ वर्षीया राइना श्रेष्ठ घाइते भएका थिए ।
गम्भीर घाइते भएकी श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजकुमारको भने पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । ग्यास बुलेट र चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार












