२२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्