पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा ५ पूर्व मन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर 



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलगायत विरुद्ध मुद्दा दायर गरेको जनाएको छ । विमानस्थल निर्माणका क्रममा रु आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजारभन्दा बढी भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । 

तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगाय ५५ जनालाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्