रानी-धरान व्यापारिक लोकमार्ग ६ लेन बनाउने काम रोकियो



विराटनगर, चैत्र २९

विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको व्यापारिक लोकमार्गलाई ६ लेनको बनाउने काम रोकिएको छ । काम गरेको रकम दुई महिनादेखि नपाएको भन्दै ठेकेदारले काम रोकेको हो ।

रानी, विराटनगर, इटहरी, धरान सडक खण्ड व्यापारिक मार्ग विस्तार आयोजनाले सम्पन्न गरेको कामको करिब १५ करोड भुक्तानी नदिएकाले काम रोक्नु परेको ठेकेदार कम्पनीले जनाएको छ ।

सडक विभागले चालु आर्थिक वर्षका लागि ४० करोड रुपैयाँ निकासा गरेपनि थप रकम निकासा नगर्दा ठेकेदार कम्पनीहरुलाई पैसा भुक्तान गर्न नसकिएको आयोजनाका इन्जिनियर सुमोद पोख्रेलको भनाइ छ ।

१० अर्ब ९८ करोड रुपैयाँ लागतमा विराटनगरको रानीदेखि धरानसम्मको साविकको दुई लेन सडकलाई चौडा गरी ६ लेनको बनाउन विभिन्न कम्पनीले ठेक्का पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News