वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं, पुस १ । वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
२० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर राखेका छन् ।
पुस महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ४.८३४ प्रतिशत रहेको छ । मंसिर महिनामा भने यो दर ५.०४ प्रतिशत कायम थियो ।
ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, प्राइम कमर्सियल, कुमारी, सानिमा र एसबीआई छन् ।
त्यस्तै स्थिर राखेकामा माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक छन् ।
बैंकहरुले पुस महिनाका लागि पनि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार
















