एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको हो ।
तेस्रोपटक अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथग्रहण बिहीबार नै गरिसकेका छन् ।
एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार












