सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ ।
आज छापावाल सुन प्रतितोला ५ हजार २ सय रुपैयाँले गिरावट आएको हो ।
जसअनुसार सुनको मूल्य आज प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबारका दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको । महासंघका अनुसार आज चाँदी प्रतितोला २५० रुपैयाँले गिरावट आएको हो ।
चाँदी आज प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि बुधबार ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार












