रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरुको नाम सार्वजनिक
काठमाडौँ, पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक गरेको छ ।
सार्वजनिक नामावलीअनुसार सबैभन्दा बढी बागमतीबाट र सबैभन्दा कम कर्णालीबाट रास्वपाको समानुपातिक उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन परेको छ । जसअनुसार कोशीका ६०, मधेशका ६१, बागमतीमा ९४, गण्डकीमा ४३, लुम्बिनीमा ४४, कर्णालीमा २१ र सुदूरपश्चिममा ३० जनाले समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन् ।
सात वटै प्रदेशमा प्राप्त नामावली रास्वपाले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । रास्वपाले उनीहरूसँग सम्बन्धित प्रदेशमा पुस ५ गते छलफल कार्यक्रम राखेको छ ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार












