मस्कोमा कार बम विस्फोटमा रुसी जनरलको मृत्यु



एजेन्सी । रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ ।

मृत्यु भएका सैन्य अधिकारीको नाम लेफ्टिनेन्ट जनरल फेनिल सार्भारोभ रहेको बताइएको छ । उनी रसियन जनरल स्टाफको प्रशिक्षण विभागका प्रमुख थिए ।

सोमबार बिहान भएको विस्फोटभन्दा केही घण्टा अघिमात्र मियामीमा रुसी र युक्रेनी प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा वार्ता भएको थियो ।

बिहानको समयमा उनी एक पार्किङ क्षेत्रबाट निस्किएलगत्तै कारमुनि राखिएको बम विस्फोट भयो । एएफपीका अनुसार बम उनीहरूको कारमुनि नै राखिएको थियो ।

रुसको ‘स्टेट इनभेस्टिगेटिभ कमिटी’ले सम्बन्धित विस्फोटको एक भिडियो जारी गरेको छ, जसमा क्षतिग्रस्त कार देखिएको छ । ड्राइभर सिटमा रगत देखिन्छ र कारको एक ढोका उछिट्टिएरको छ ।

रुसी अनुसन्धानकर्ताहरूले यो विस्फोटको सम्बन्ध ‘युक्रेनी स्पेसल फोर्सेस’सँग छ वा छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएका छन् । । युक्रेनले अहिलेसम्म यसबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

रोयटर्सका अनुसार, करिब चार वर्षदेखि जारी युद्धका क्रममा युक्रेन युद्धसँग सम्बन्धित धेरै रुसी सैन्य व्यक्तित्वहरू तथा उच्च–प्रोफाइल समर्थकहरूको हत्या भइसकेको छ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्