१२ घण्टामा को कोसँग छलफल गरे बालेनले ?
काठमाडौँ । दिनभर राजनीतिक भेटघाटमा व्यस्त काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह ललितपुरको ज्वागलस्थित कुमार बेनको घरबाट बाहिरिएका छन् ।
बिहान साढे ७ बजे नै ज्वागल पुगेका बालेन दिनभर राजनीतिक भेटघाटमा व्यस्त भए । बैकल्पिक शक्ति निर्माणमा लागेका बालेनले हिजो र आज मात्रै २५ बढी चर्चित व्यक्तिहरूलाई भेटेको स्रोतले बताएको छ ।
उनले १२ घण्टाको अवधिमा उज्यालो पार्टीका संरक्षक तथा सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछानेदेखि जेनजी अभियन्ताहरु र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपाका ज्ञानेन्द्र शाहीसम्मलाई भेटेका थिए ।
कुलमान र रवि लामिछानेसँग फेरी वार्ताको तयारी रहेपनि कहाँ र कहिले तय नगरेको उनी निकट स्रोतले बतायो ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार












