रवि र बालेनबीच निर्णायक भेट हुँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच निर्णायक भेट हुँदैछ ।

यसअघि सहमतिको मस्यौदा निर्माण गर्न रास्वपा केन्द्रीय सदस्य असिम साह, बालेन साहका निकटवर्ति कुमार व्यन्जनकार र निर्देशक आसिफ साहले रविसँग सामूहिक भेट गरेका भेटेका थिए ।

आजै सहमतिमा हस्ताक्षर गराउने दौडमा रहेका ती नेताहरुका अनुसार कुराकानी सकारात्मक रहेको बुझिएको छ ।

रवि र बालेनबीचको निर्णायक वार्तापछि आजै निष्कर्ष सुनाउने तयारी रहेको बुझिएको छ ।

जसमा रास्वपाबाट चुनावमा भाग लिएर बालेन भावि प्रधानमन्त्रीमा प्रस्तावित हुने दावी गरिएको छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्