काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
काठमाडौँ, पुस १३ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
यसअघि शनिबार भएको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ भएको थियो ।
बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो ।
महाधिवेशन कार्यतालिका परिमार्जनबारे पनि आज छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार












