निर्वाचन आचारसंहिता २०८२ स्वीकृत (पुर्णपाठसहित)



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ ।

शनिबार बसेको आयोगको बैठकले आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो ।

यसपटक आचारसंहितामा दल वा उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था थपिएको छ ।

आयोगका अधिकारीकाअनुसार आचारसंहिता माघ पहिलो साताबाट लागू गर्ने तयारी छ ।

साथै यसपटक आचारसंहिता अनुगमनमा कडाइ गरिने र सचेतनामुखीभन्दा सजायमुखी बनाइने र नेता, उम्मेदवार वा कार्यकर्ताले उल्लंघन गरे उम्मेदवारी खारेजीसम्मको सजाय हुने जनाइएको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्