सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन: गृहमन्त्री अर्याल



विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्दै त्यसका लागि सरकारको तयारी सुरु भइसकेको बताएका छन्।

आज कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरिएको प्रादेशिक सुरक्षा गोष्ठी गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री अर्यालले भने- ‘तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ। निर्वाचन लोकतन्त्रको अभिन्न प्रक्रिया हो। निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुन्छ र देश थप अस्थिरतातर्फ धकेलिन सक्छ। त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन ।’

निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू तथा कोसी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहेको छ।

May be an image of one or more people and text

गोष्ठीका क्रममा प्रदेशभित्रका सुरक्षा प्रमुखहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता तथा निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ‘ब्रिफिङ’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्