स्विट्जरल्यान्डको रिसोर्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४० पुग्यो



एजेन्सी । स्विट्जरल्यान्डको चर्चित पर्यटकीय सहर क्रान्स–मोन्टानामा रहेको एक अल्पाइन स्की रिसोर्टमा नयाँ वर्षको उत्सव मनाउने क्रममा भएको भीषण विस्फोट र आगलागीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्।

स्विट्जरल्यान्ड प्रहरीले जनाएअनुसार बिहीबार राति करिब १ः३० बजे रिसोर्टभित्र रहेको कन्स्टेलेसन बारमा विस्फोट भएको हो ।

घटनामा मृत्यु हुनेहरू विभिन्न देशका नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार नयाँ वर्षको पार्टीका क्रममा स्याम्पेनका बोतलमा बालिएका स्पार्कलरहरूबाट आगलागी सुरु भएको थियो।

दुई प्रत्यक्षदर्शीले एक फ्रान्सेली टेलिभिजन च्यानललाई बताएअनुसार, वेट्रेसहरू स्पार्कलर बालिएका स्याम्पेनका बोतल लिएर पाहुनामाझ हिँडिरहेका थिए।

ती बोतलहरू छतको अत्यन्त नजिक पुर्‍याइएपछि आगो सल्किएको र केही क्षणमै विस्फोटमा परिणत भएको उनीहरूको भनाइ छ।

आगलागी र विस्फोटपछि रिसोर्टमा भागदौड मच्चिएको थियो ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्