साना व्यवसायी महासंघ सुनसरीको अध्यक्षमा श्रेष्ठ
विराटनगर । साना तथा मझौला व्यवसायी महासंघ सुनसरीको अध्यक्षमा सन्तोष श्रेष्ठ चयना भएका छन् ।
आज भएको महासंघ सुनसरीको भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदसीय समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा राजेश बोहरा र गीता आचार्य, सचिवमा संगम तामाङ, सदस्यहरूमा उर्मिला अधिकारी, सुर्जामाया राई, मदन बास्तोला, मीला खडका, चुडामणि पोख्रेल, अविनास तामाङ र चन्द्रकला आचार्य रहेका छन् ।
प्रदेश सचिव केवी श्रेष्ठ (दिनेश) को उपस्थितिमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार
















