निकोलस मादुरोका छोराको चेतावनी – राष्ट्रपति अपहरण सामान्य बन्यो भने विश्व असुरक्षित हुन्छ



एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका सांसद छोरा निकोलस मादुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा पहिलोपटक मुख खोलेका छन् ।

अमेरिकी सैन्य कारबाहीको कडा आलोचना गर्दै मदुरो गुएराले कुनै देशका निर्वाचित राष्ट्रपतिको अपहरणलाई सामान्य घटनाजस्तै स्वीकार गरिएमा त्यसले सम्पूर्ण विश्वलाई असुरक्षित बनाउने चेतावनी दिएका हुन् ।

‘यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन ।‘यो क्षेत्रीय समस्या मात्र होइन, विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा हो,’ उनले भने ।

मादुरो गुएराले अमेरिकासँग आफ्ना आमाबाबुको रिहाइ माग पनि गरेका छन् ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्