वीरगञ्जमा दुई किशोरमाथि छुरा प्रहार



वीरगञ्ज, पुस २३ । वीरगंज महानगरपालिका वडा नम्बर १६ मा दुई किशोरमाथि छुरा प्रहार भएको छ ।

मंगलबार साँझ एक समूहको छुरा प्रहारबाट वीरज महतो र विकास कुमार महतो घाइते भएका हुन् ।

घटनापछि दुवैलाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । छुरा प्रहार गर्नेहरु फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्