कांग्रेसको पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान



काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् ।

विशेष महाधिवेशन पक्षधरहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पार्टीले २०८२ पौष २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन नसकेको कारण हाम्रो मागअनुसारको विशेष महाधिवेशन अपरिहार्य छ ।’

महाधिवेशन पक्षधरको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी यसबारे औपचारिक घोषणा गरेका हुन् ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्