काँग्रेस विशेष महाधिवेशन पक्षधरको आजका कार्यक्रम स्थगित



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी पक्षधरले शनिबारको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।

पूर्वमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको शुक्रबार राति निधन भएपछि पार्टीले शोकको भाव व्यक्त गर्दै शनिबारका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले विज्ञप्तिमार्फत् सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

शनिबार भृकुटीमण्डपमा ¥याली आयोजना गर्ने र अन्य विविध कार्यक्रम सञ्चालन गर्ने योजना थियो ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्