रास्वपासँग सहमति नभए उज्यालो नेपालबाट अघि बढ्छौं : कुलमान घिसिङ
काठमाडौँ, पुस २६ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति नभए उज्यालो पार्टीबाट अघि बढ्ने संकेत गरेका छन् ।
आज (शनिबार) रामेछाप पत्रकार समाजको पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै घिसिङले यस्तो संकेत गरेका हुन् । उनले आज एकताका विषयमा बेलुकासम्म टुङ्गो लगाउने बताए ।
उनले आगामी संसदीय निर्वाचन काठमाडौँ ३ बाट उम्मेदवार बन्ने संकेत गरेका छन् । यद्यपि उनले यकिनका साथ भनेका छैनन् ।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












