डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु



डडेल्धुरा, पुस २७ । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा भएको दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउँद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका दुवै जना जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएकोमा डाक्टरले दुवै जनालाई मृत घोषणा गरे ।

परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट फरार रहेका छन् । उनको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्