कांग्रेसको विशेष महाधिवेशन आजदेखि
काठमाडौँ, पुस २७ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ ।
काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुँदैछ । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने ¥यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने तयारी थालिएको छ ।
विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ । उनका अनुसार विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन ।
मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












