राष्ट्रियसभा चुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन



काठमाडौं, पुस २७ । आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार पुस २३ गते मनोनयनपत्र दर्ता गराएका उमेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै उमेदवारको अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ ।

आयोगले सोमबार उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्