कांग्रेस विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व कृष्ण सबुज बानियाँले गर्ने 



काठमाडौं । नेपाली कांग्रेसको आज हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने भएका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान भएको विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन ।

आज र भोलि हुने विशेष महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्