बन्द सूचीमा रहेकाले भोलि नाम फिर्ता लिन सक्ने



काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारले भोलि बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने जनाएको छ ।

राजनीतिक दलहरूबाट यही पुस १३ र १४ गते पेस भएको बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिन चाहेमा आयोगले तोकेको ढाँचामा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने आयोगका सचिव एवं निर्वाचन अधिकृत कृष्ण बहादुर राउतद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्