कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज



काठमाडौं, पुस २८ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज बिहानदेखि सञ्चालन हुँदैछ ।

कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम छ ।

बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिको छुट्टाछुट्टै ९ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमबारे गहन छलफल गरिनेछ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्