आजको मौसम : तराईका केही स्थानमा हुस्सु
काठमाडौं, पुस २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया मौसम सफा रहेको छ ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु देखिनेछ भने पहाड र हिमालमा मौसम खुल्नेछ । तराई क्षेत्रका केही स्थानमा भने हुस्सु लाग्नेछ ।
त्यसैगरी आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












