गगनलाई शंकर पोखरेको जवाफ– स्वार्थसामु लम्पसार पर्नु दासता हो



काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै स्वार्थसामू लम्पसार पर्नु दासता भएको बताएका छन् ।

महामन्त्री थापाले आइतबार कांग्रेस दास र लासहरूको पार्टी नबन्ने र बाहरूले नबोल भन्दा चुप लाग्ने पार्टी नभएको बताएपछि एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमाफर्त यस्तो टिप्पणी गरेका हुन् ।

उनले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु चाहिँ स्वाभिमान भएको प्रस्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्, ‘यसरी पनि सोच्न सकिन्छ– भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो; त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ?
हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्। ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।’

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्