हनुमन्ते खोला किनारमा पुरुष मृत फेला



काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–१० स्थित हनुमन्ते खोलाको किनारामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । इँट्टाभट्टा नजिकै खोला किनारमा ४३ वर्षीय धनबहादुर बुढा मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार बिहान मृत भेटिएका बुढा रोल्पाको लुङ्ग्रे गाउँपालिका–७ का स्थानीय हुन् । खोलाको किनारमा रहेको खरीको रुखमा सलको पासोमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको भक्तपुरका एसपी सूर्य खड्काले बताए ।

शव पोस्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ । उनी इँट्टाभट्टामा काम गर्दै आएका थिए ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्